एनएसएल सुपर लिग : धनगढी र काठमाडौंको बराबरी

डिसी नेपाल
२ पुष २०८० २०:४५
20
Shares

काठमाडौं । नेपाल सुपर लिग एनएसएल फुटबलमा धनगढी एफसी र काठमाडौं रेजर्सले १-१ को बराबरी खेलेका छन्।

जारी प्रतियोगितामा अपराजित रहेको धनगढीले खेलमा पहिलो अग्रता लिए पनि त्यसलाई जोगाउन सकेन।

अहमद हिजाजीले गोल गर्दै धनगढीलाई १५ औं मिनेटमा अग्रता दिलाए पनि धनगढी अन्तिमसम्म टिक्न सकेन ।

डियाग्ने फालोउले आफ्नै क्षेत्रबाट लामो पास दिएका थिए। त्यसमा काठमाडौंका आन्द्रेस नियाले आफ्नो साथीलाई ब्याक पास दिएका थिए। तर हिजाजीले बल पाए र उनले काठमाडौंका गोलकिपर अन्जल श्रेष्ठ अघि बढेको मौकामा बक्सभित्रबाट भली प्रहार गर्दै गोल गरे।

६५औं मिनेटमा काठमाडौंले बराबरी गोल फर्काएको थियो। धनगढीका रोहन कार्कीले कोमिवनलाई लडाएपछि काठमाडौंले फ्रिकिक पाएको थियो ।

काठमाडौंको दशरथ रंगशालामा भएको खेल १–१ को बराबरीमा टुंगिएसँगै धनगढी १२ अंकसहित पहिलो र काठमाडौं ९ अंकसहित चौथो स्थानमा एथावत् छ।

अपराजित रहेको धनगढीको यो बराबरीले प्ले अफमा पुग्ने संभावना बलियो भएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *