सर्वोच्च अदालतको न्यायाधीशमा ६ जनाको नाम अनुमोदन
काठमाडौं। संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस भएका छ जनाको नाम अनुमोदन गरेको छ।
समितिको आज बसेको बैठकले उनीहरुको नाम अनुमोदन गरेको हो।
समितिका ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराको अध्यक्षतामा बसेको बैठकले सर्वोच्च अदालतको न्यायाधीश नियुक्तिका लागि सिफारिस भएका सारंगा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौडेल, टेकप्रसाद ढुंगाना, सुनिल पोखरेल र बालकृष्ण ढकालको नाम अनुमोदन गरेको हो।
यस विषयमा मंसिर २९ तथा यही पुस १ र २ गते संसदीय सुनुवाइ भएको थियो।
न्याय परिषद्को मंसिर ५ गते बसेको बैठकले सर्वोच्च अदालतका लागि रिक्त ६ न्यायाधीशका लागि नाम सिफारिस गरेको थियो।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment