सरोज खनालको निर्देशनमा महेश्वर पन्तको ‘जिउँदा देवता’ मा गौरी मल्ल

डिसी नेपाल
१७ पुष २०८० ६:५५
396
Shares

काठमाडौं। गायक प्रवीन बेडवालको सुमधुर स्वरमा रहेको नयाँ गीत ‘जिउँदा देवता’ को सांगीतिक लघु चलचित्र सार्वजनिक भएको छ।

कृष्णा पन्त स्मृति प्रतिष्ठानको प्रस्तुति तथा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बोस्टन च्याप्टरका अध्यक्ष एवं अनेसास केन्द्रीय सांस्कृतिक समितिका संयोजक गीतकार संगीतकार महेश्वर पन्तको रचना तथा संगीत रहेको मार्मिक गीतको सांगीतिक लघु चलचित्र सार्वजनिक भएको छ।

उक्त भिडियोमा पछिल्लो समयमा नेपाली समाजमा घटिरहेका समसामयिक विषयवस्तुलाई जोडदार रुपमा प्रस्तुत गरिएको छ।

बरिष्ठ अभिनेता तथा निर्देशक सरोज खनालद्वारा निर्देशित उक्त चलचित्रलाई उत्सव दाहालले छायांकन गरेका हुन्। सार्वजनिक भिडियोमा बरिष्ठ अभिनेत्री गौरी मल्ल, महेश्वर पन्त, रमेश दाहाल, राजेन्द्र केसी, सविना आचार्य, भावना गुरुङ तथा बालकलाकारद्वय गिर्वाणसिंह थापा र गर्विशा थापालाई फिचर्ड गरिएको छ ।

हेर्नुहोस् भिडियो :




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.