‘गोरी तोरे प्यारमे’मा राज र दिपिकाको रोमान्स ( भिडियो )

डिसी नेपाल
१७ पुष २०८० १२:१४
136
Shares

काठमाडौं। थारु भाषाको गीत ‘गोरी तोरे प्यारमे’ म्युजिक भिडियो सहित सार्वजानिक भएको छ । प्रेमिल शैलीको गीतमा चर्चित गायिका अन्नु चौधरी र विवेक चौधरीको सुमधुर स्वर सुन्न सकिन्छ। यस गीतमा शब्द, संगीत स्वयम गायक चौधरीको रहेको छ। गीतलाई सुरज श्रेष्ठले संगीत संयोजन गरेका हुन्।

नेपालको हरेक युवा, हरेक गाऊको कथा समेटिएको म्युजिक भिडियोमा राज चौधरी र दिपिका चौधरी बीचको अन्स्क्रिन प्रेम र रोमान्स देख्न सकिन्छ। ‘सेबिल इन्टरटेनमेनट’का प्रबन्धक समेत रहेका राज चौधरी यसै म्युजिक भिडियो मार्फत फेरी थारु फिल्म क्षेत्रमा फर्किएका छन्।

रमेश चौधरीको छायाँकन र सम्पादन रहेको यस गीतको भिडियोलाई रजनिस चौधरीको निर्देशनमा तयार पारिएको हो। भिडियो ‘सेबिल इन्टरटेन्मेण्ट’ नामक युट्युव च्यानल बाट सार्वजानिक गरिएको हो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *