गरिमा शर्मालाई फिल्म डेब्यूमा सकस :घोषणामा नाम आउँछ, सुटिङमा अरु नै
काठमाडौं। म्युजिक भिडियोबाट चलचित्रमा छलाङ लगाउनेमा गरिमा शर्माको पनि नाम थियो।
अघिल्लो पुस्ताका नायिकाहरु विवाह गरेर घरजममा व्यस्त हुन थालेपछि निर्माताहरु नयाँ हिरोइनको खोजीमा थिए जसमध्ये धेरैको आँखा गरिमा शर्मामा थियो। नभन्दै धेरै निर्माताले गरिमालाई लिएर फिल्म बनाउने घोषणा पनि गरे। तर अहिलेसम्मको अवस्था के छ भने गरिमाले जम्मा एउटा फिल्ममा अभिनय गरिन्, बाँकी भने समाचारमै सीमित रहे।
गरिमाले डेब्यू गरेको पहिलो फिल्म ‘लन्डन टु पेरिस’ थियो। तर नेपालबाट लन्डनसम्म पुगेको यो फिल्मको गाडी पेरिस पुग्न नसक्दा अलपत्र छ। अर्थात् यो फिल्मको लन्डनको भागको सुटिङ त सकिएको छ तर पेरिसको भाग बाँकी छ। यही कारण उनको डेब्यु फिल्म अड्किएकै अवस्थामा छ।
यसपछि गरिमा नाम तीनवटा फिल्ममा आयो। उनले अभिनय गर्ने भनेर समाचारमै आएका फिल्म थिए, दौँतरी, ह्रस्वदीर्घ र राजमहल। आर्यन सिग्देलको पनि अभिनय रहने भनिएको दौँतरी अहिलेसम्म फ्लोरमै निस्किन सकेको छैन भने गरिमा ह्रस्वदीर्घबाट बाहिर भइसकेकी छिन्।
स्रोतका अनुसार यो फिल्ममा गरिमा नीता ढुंगानाको दिदीको रुपमा अभिनय गर्नेवाला थिइन्। तर यो फिल्मको सुटिङ बीचैमा रोकियाे। अहिले चितवनतिर यो फिल्मको सुटिङ भइरहेको छ तर फिल्ममा गरिमा छैनन्।
यसपछि केही दिनसम्म गरिमाको नाम राजमहलमा पनि आएको थियो। रमेश उप्रेती र आँचल शर्माको मुख्य भूमिका रहने फिल्ममा गरिमाको पनि अभिनय रहने चर्चा थियो। तर घोषणा हुँदा गरिमाको नाम हट्यो। बरु टिकटकर मिस पबी फिल्ममा डेब्यू गर्ने घोषणा भयो। यसरी हेर्दा गरिमालाई अभिनेत्री बन्न गाह्रै भएको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment