प्रयाङकस्टर आसिश अभिनित पहिलो फिल्म ‘अमेरिका बोइज’ युट्युबमा रिलिज (पूरा फिल्म)

डिसी नेपाल
२० जेठ २०७६ ५:३२

काठमाडौं । चलचित्र ‘अमेरिका बोइज’को पूरा चलचित्र युट्युबमा सार्वजनिक गरिएको छ। जेठ १८ गतेबाट अल नेपाल रिलिजमा आएको चलचित्र अमेरिका बोइज म्युजिक नेपालले युट्युबमा सार्वजनिक गरेको हो ।

चलचित्रमा अर्पन थापा, सुनिल थापा, सन्दिप छेत्री, हरिहर शर्मा, कामेश्वोर चौरासिया, अभय बराल, आसिश प्रसाई, श्रीस्टी कार्की, सारदा गिरी, रश्मि भट्ट, रमा थपलिया, सुबाश गजुरेल, राजु खरेल, मनिष राउत लगायतका कलाकारहरुको अभिनय रहेको छ । आसिश प्रसाई एक चर्चित प्रयाङ्कस्टर हुन् भन उनको यो डेब्यु चलचित्र हो ।

सीबर्ड्स पिक्चर्स र बडी इन्टरटेनमेन्टको ब्यानरमा प्रकाश भुजेल र इन्द्र प्रशाद खरेलले निर्माण गरेको यस चलचित्रलाई प्रवेश पौडेलले निर्देशन गरेका हुन् । यस चलचित्रका कार्यकारी निर्माता समिर खरेल हुन् भने सह निर्माताका रुपमा अनुप थापा यमुना खरेल र राज के.सी रहेका छन्।

चलचित्रमा कथा स्क्रीनप्ले र सम्बाद बिबेक पाण्डे, छायाङ्कन आलोक शुक्ला, सम्पादन निमेष श्रेष्ठको रहेको छ। चलचित्रको कोरियोग्राफर सुनिल छेत्री र नेपाली ठिटोज हुन।

हेर्नुहोस् पूरा फिल्म …

https://www.youtube.com/watch?v=V_3kNJkhemw

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *