भारतबाट भित्रिएका थप एक जनामा कोरोना संक्रमण

डिसी नेपाल
१९ पुष २०८० १९:५७
124
Shares

धनगढी । आज थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

बिहीबार भारतबाट कञ्चनपुरको गड्डाचौकी नाकाभएर एक सय जना, बैतडीको झुलाघाट नाकाभएर ७, कैलालीको गौरीफन्टा नाकाभएर १४३ र दार्चुलाको पुलघाट नाकाभएर ६ जना सुदूरपश्चिम भित्रिएका छन्।

सुदूरपश्चिममा विभिन्न नाकाभएर आज भित्रिएका कुल २५६ जनामा ३१ जनाको स्वास्थ्य परीक्षण गरिएकोमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। प्रदेश आपतकालीन कार्य सञ्चालन केन्द्र धनगढीका अनुसार प्रदेशभित्र यो सँगै कोरोना संक्रमित हुनेको सङ्ख्या १० पुगेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *