लघुकथा : परीक्षा
`जिन्दगीको गणित कहिल्यै पढिएनछ। यसैले म फेल भएँ। ´उषाले साथीसँग आफ्नो दु:खेसो पोख्दै थिइन्।
साथीले भनिन्, `तँ त सधैं कक्षामा प्रथम हुने छात्रा कसरी फेल भइस्?´
`कक्षाका पढाइ र जिन्दगीका भोगाइ फरक हुने रहेछन्, मायालु! के सोच्यो के हुने रहेछ? बिद्यालयको परीक्षाको नतिजा राम्रो आए पनि जिन्दगीको परीक्षामा म उत्तीर्ण हुन सकिनँ। बिज गणितका सूत्रले न जिन्दगीमा कुनै काम दियो, न ज्यामितीका रेखाहरुले कुनै रेखा कोर्यो।´ उषाले असन्तोष व्यक्त गरिन्।
साथीले सही थापिन् ,`बरु बेलैमा बाख्रा पालन, बंगुर पालन सिकेको भए जिन्दगी सार्थक हुने रहेछ , है?´
उषाले निराशा भाव बोलिन्, `ऊ बेला बीज गणितको शूत्रले कहाँ न पुर्याउला भन्ने लाग्थ्यो। खाडीमा पुर्याउने पो बनायो।´
नभन्दै उषा बैदेसिक रोजगारीकोलागि खाडी गइन्। थोरै तिनै बचाएर ल्यायको पैसाले बाख्रापालन ब्यबसाय शुरु गरिन्। यस व्यबसाय शुरु गरेको पाचौ बर्ष पुग्दा नपुग्दै करोडौं पैसा बचाउन उनी सफल भइन्। अहिले उनी भन्छिन्, “जीन्दगीको पढाइ फरक रहेछ।”
No ads found for this position


Facebook Comment