सरकारका राम्रा कामको पत्रकारले प्रचार गर्नुपर्छः अग्नि सापकोटा
भक्तपुर। नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको वर्तमान सरकार सामाजिक न्याय, सुशासन र समृद्धि प्राप्तिका निम्ति केन्द्रित रहेको बताएका छन्।
प्रेस सेन्टर नेपाल उपत्यका प्रदेश समितिले भक्तपुरमा आयोजना गरेको ‘व्यवस्था बलियो बनाउन पत्रकारको भूमिका’ विषयक छलफल कार्यक्रममा उनले सरकारका राम्रा कामको पत्रकारले प्रचारमा ल्याउनुपर्ने बताए।
पूर्वसभामुख सापकोटाले समाज बदल्न हिँड्ने नेता– कार्यकर्ता पहिले आफू बदलिनुपर्नेमा जोड दिँदै आधुनिक सञ्चारको विकाससँगै प्रचलनमा आएका अनलाइन र सामाजिक सञ्जालको दुरुपयोग रोक्न जरुरी भएको बताए।
प्रधानमन्त्रीका प्रमुख प्रेस सल्लाहकार गोविन्द आचार्यले सरकारबाट जनताका पक्षमा भएका कामको प्रचार हुन नसक्दा व्यवस्था विरोधीले अवाञ्छित गतविधि गर्न खोजेका बताए।







डिसी नेपाल







Facebook Comment