राष्ट्रियसभा सदस्य निर्वाचन : टिकट पाउनेले उम्मेदवारी नै दिएनन्

डिसी नेपाल
२३ पुष २०८० २१:४०
112
Shares

सुदूरपश्चिम । राष्ट्रियसभा सदस्य पदको निर्वाचनका लागि सुदूरपश्चिम प्रदेशबाट टिकट पाएका राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवारले मनोनयन नै दर्ता गराएनन् ।

सो पार्टीले सुदूरपश्चिमबाट महिला समूहमा जनककुमारी कुवँर, अन्य समूहमा रोम स्वाँर र अपाङ्गता समूहमा जयकृष्ण बोहरालाई टिकट दिएको थियो । राप्रपाका प्रदेश महासचिव छत्र शाहीले टिकट पाएका उम्मेदवारले मतभार नहुँदा उम्मेदवारी नदिएको बताए ।

“प्रदेश कार्यसमितिले राष्ट्रियसभाको रिक्त हुन लागेको पदनमा हुन लागेको निर्वाचनका लागि टिकट दिन केन्द्रमा सिफारिस गरे बमोजिम केन्द्रले पनि टिकट दिएर पठाएको थियो”, उनले भने, “प्रदेशसभामा एक जनाबाहेक पालिका तहमा मतदाता नहुँदा टिकट पाएकाले उम्मेदवारी दिन नगएको जानकारी आएको छ ।”


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *