राष्ट्रिय सभा निर्वाचनः उम्मेदवारविरुद्ध आज उजुरी गर्न सकिने

डिसी नेपाल
२४ पुष २०८० ६:५५
40
Shares

काठमाडौं। राष्ट्रिय सभा निर्वाचनमा उम्मेदवारी दिएकाहरुको विरोधमा आज उजुरी दिन सकिने भएको छ।

कूल १९ सिटका लागि हुने निर्वाचनमा सातै प्रदेशमा महिला समूहतर्फ १७, दलिततर्फ छ, अपाङ्गता भएका व्यक्ति वा अल्पसङख्यकतर्फ आठ, र अन्य समूहतर्फ २१ गरी जम्मा ५२ उम्मेदवारको मनोनयनपत्र दर्ता भएको निर्वाचन आयोगले जनाएको छ।

निर्वाचन आयोगको स्वीकृत कार्यतालिका अनुसार भोलि र पर्सि उम्मेदवारको मनोनयन र उजुरीमाथि जाँचबुँझ गरी नामावली प्रकाशित गरिनेछ।

उम्मेदवारले नाम फिर्ता लिन चाहे पुस २७ गते लिन सक्ने र त्यसै दिन उम्मेदवारको अन्तिम नामावली पनि प्रकाशित हुनेछ। पुस २८ गते उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिने निर्वाचन आयोगले जनाएको छ। आगामी माघ ११ गते राष्ट्रिय सभा सदस्यको निर्वाचन हुँदैछ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *