प्रदीप खड्काको ‘एक्टर’मा आना शर्मा हिरोइन
काठमाडौं। अभिनेत्री आना शर्माले नायक प्रदीप खड्काको मुख्य भूमिका रहेको फिल्म ‘एक्टर’मा अभिनय गर्ने भएकी छिन्। निर्माणपक्ष र आनाबीच फिल्मका लागि कागजी सम्झौता भएको हो।
आनाले ‘एक्टर’साइन गरेसँगै प्रदीप र आना को जोडी पहिलो पटक दर्शक माझ आउने पक्का भएको हो। यी दुईको जोडीलाई लिएर ‘कामिनो’ बन्ने चर्चा चले पनि यो फिल्म अहिलेसम्म फ्लोरमा जान सकेको थिएन।
राजन भुसालको निर्देशनमा तयार हुन लागेको यो फिल्ममा थमन कुमार भण्डारी निर्माताको रुपमा रहेका छन्। अदृत फिल्मसको प्रस्तुतिमा निर्माण हुन लागेको यो फिल्मको सह-निर्मातामा एनिस भुसाल छन्।
आनाले चलचित्रको थिम पोस्टर सार्वजनिक गर्दै चलचित्रको कथा दर्शक सामु प्रस्तुत गर्न उत्साहित रहेको बताएकी छिन्। यो फिल्मको छायांकन वैशाख महिनामा सुरु हुनेछ। फिल्मलाई सन् २०२५ मा रिलिज गर्ने तयारीमा निर्माण पक्ष छ। यो फिल्ममा नरेन्द्र मैनालीको छायांकन रहनेछ।
आनाले पछिल्लो समयमा ‘द म्यान फ्रम काठमाडौँ’मा अभिनय गरेकी थिइन्। भारत, पाकिस्तानका चर्चित कलाकारको समेत अभिनय रहेको फिल्म नेपाली बक्स अफिसमा भने असफल भएको थियो । यसपछि आना अनमोल केसीसँग ‘जेरी अन टप’ मा देखिने चर्चच थियो। यो फिल्म पनि फ्लोरमा जाने समयमा अड्किएको थियो।
No ads found for this position

डिसी नेपाल
Facebook Comment