मनोज बाजपेयी अभिनित फिल्म ‘जोरम’को स्क्रिप्ट ओस्कारको पुस्तकालयमा

डिसी नेपाल
२६ पुष २०८० १०:२१
96
Shares

मुम्बई। मनोज बाजपेयीको मुख्य भूमिका रहेको चलचित्र ‘जोरम’को स्क्रिप्ट ओस्कार अवार्डको आयोजना गर्ने दि एकेडेमी अफ मोसन पिक्चर आर्टस् एन्ड साइन्सेजले आफ्नो पुस्तकालयमा राख्ने भएको छ।

चलचित्रको स्क्रिप्ट पर्मानेन्ट कोर कलेक्सनमा राखिएको हो जहाँ ११ हजार बढी स्क्रिप्ट संग्रहित छन्। एकेडेमीले सन् १९१० यता यस्ता विशेष फिल्मका स्क्रिप्ट राख्दै आएको हो। देवाशिस माखिजाको लेखन रहेको चलचित्रले आदिवासी पिता पुत्रीको कथा प्रस्तुत गर्छ जसलाई राज्य प्रणालीले लखेटिरहेको छ।

चलचित्रमा तनिष्ठा चटर्जी, स्मिता ताम्बे र मोहम्मद जिसान अयुबको मुख्य भूमिका रहेको छ। भारतमा प्रदर्शन हुनुअघि ‘जोरम’ बुसान फिल्म फेस्टिभल, रोट्रेडयाम फिल्म फेस्टिभल, सिड्नी फिल्म फेस्टिभल आदिमा छनोट भएको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *