ग्लोबल ग्ल्यामर भेन्चरले ‘मिस युनिभर्स नेपाल २०२४’ को आयोजना गर्ने
काठमाडौँ। ग्लोबल ग्ल्यामर भेन्चरको आयोजनामा ‘मिस युनिभर्स नेपाल २०२४’ हुने भएको छ। बिहीबार राजधानीमा आयोजित प्रेस मिट्मा ‘मिस युनिभर्स नेपाल २०२४’ हुने बारे घोषणा गरिएको हो।
ग्लोबल ग्ल्यामर भेन्चरका अनुसार ‘मिस युनिभर्स नेपाल २०२४’ को फर्म आगामि अप्रिलमा खुल्नेछ। १८ वर्ष उमेर नाघेका विश्वभरका नेपाली महिलाहरुले यस प्रतियोगितामा भाग लिन सक्नेछन्। भेन्चरकी प्रमुख कार्यकारी अधिकृत सबि पुरीले यो प्रतियोगिताबारे घोषणा गर्न पाउँदा आफू अत्यन्तै उत्साहित भएको बताइन्।
‘हामी नयाँ सोच लिएर आएका छौं। उर्जावान र समर्पित टिमले कार्यक्रमलाई भव्य बनाउँनेछौं,’ पुरीले भनिन्। उनले यो वर्षदेखि मिस युनिभर्स नेपालको आयोजक परिवर्तन भएको जानकारी दिइन्। नेपालमा द हिडन टे«जरले मिस युनिभर्सको आयोजना पश्चात यो तेस्रो पटक हेरफेर हो। यसअघि उमंग क्रियसनले आयोजना गरेको थियो।
ग्लोबल ग्ल्यामर भेन्चरकी संस्थापक संगीता पुरीका अनुसार ‘मिस युनिभर्स नेपाल २०२४’ प्रतियोगिताकि विजेताले मेक्सिको यात्रा गर्ने अवसर पाउनेछिन्। छनौट प्रक्रिया र पुरस्कारबारे भने घोषणा हुन बाँकी छ।
प्रेस मिट्मा नेपाल पर्यटन बोर्डका सिईओ डा.धनन्जय रेग्मी, इमेज कन्सल्ट्यान्ट तथा अन्तर्राष्ट्रिय प्रशिक्षक अलेक्जेन्डर गोन्जालेज र युनिभर्स वुमन २०२४ कि विजेता भ्यालेन्टिना सान्चेज ट्रिभेल्लाको उपस्थिति रहेको थियो।
‘युनिभर्स वुमन २०२४’ भ्यालेन्टिना सान्चेज ट्रिभेलाले प्रतियोगितामा सहभागी हुँदा आफूले सिकेका अनुभव गरेका सुनाएकी थिइन्। ‘आयोजकले मलाई नेपाल बोलाउनुभयो। नेपाल कला, संस्कृतिमा निकै धनी लाग्यो।’
भ्यालेन्टिनाले सुनाइन्, ‘नेपाल आउँदा म मात्रै होइन मेरो परिवार पनि एकदमै उत्साहित छ।’ उनले नेपाली महिलाहरुलाई ‘मिस युनिभर्स नेपाल २०२४’ मा सहभागी भएर आफ्नो करिअरमा एक इट्टा थप्न प्रेरित गरिन्।
यस्तै अन्तर्राष्ट्रिय प्रशिक्षक अलेक्जेन्डर गोन्जालेजले नेपाली महिलाहरुलाई मिस युनिभर्स नेपाल प्रतियोगितामा सहभागी हुन प्रेरित गरेका थिए।
ग्लोबल ग्ल्यामर भेन्चरकी संस्थापक संगीता पुरी तथा अध्यक्ष आलोक क्षेत्रीले ‘मिस युनिभर्स नेपाल २०२४’ लाई सफल पार्न सबैको साथ, सहयोगको जरुरी रहेको बताए। मिस यूनिभर्स नेपाल २०२४को बिजेता घोषणा आगामी सेप्टेम्बरमा गरिनेछ।
यस्तै यस प्रतियोगीतामा बिवाहित र अबिवाहित सबै महिलाले सहभागीता जनाउन पाउनेछन्। बिजेताले मिस युनिभर्स २०२४ कोलागी मेक्सिकोमा ९० देशहरु सँग नोभेम्वर मा प्रतिस्पर्धा गर्न पाउने बताइएको छ।
यस प्रतियोगितामार्फत आफ्नो व्यापार प्रचार–प्रसार एवं प्रवद्र्धन गर्न बिभिन्न व्यवसायी, रेस्टुराँ, बित्तिय क्षेत्र र अन्य विज्ञापनदातालाई साझेदारीका लागि खुल्ला आव्हान गरिएको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment