पीएम कप क्रिकेट प्रतियोगिता आजदेखि, सात प्रदेश र तीन विभागीय टिम खेल्दै

डिसी नेपाल
२८ पुष २०८० ७:०८
72
Shares

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गरेको प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता (पीएम कप) आजदेखि शुरु हुँदै छ। पीएम कप पुस २८ देखि माघ २० गतेसम्म संचालन हुने छ।

प्रतियोगितामा सात प्रदेशका टिम र तीन विभागीय टिम नेपाल पुलिस क्लब, एपीएफ र नेपाल आर्मीले भाग लिने छन्।

हरेक टिमले एक अर्काविरुद्ध एक एक पटक खेलेपछि शिर्ष दुईमा हुने टिमले फाइनल खेल्ने तालिका क्यानले सार्बजनिक गरेको छ। यस पटक पीएम कप पहिलो पटक काठमाडौँ बाहिर भैरहवामा पनि संचालन हुँदै छ।

एकदिवसीय फर्म्याटमा हुने पीएम कपको पहिलो दिन तीन खेल हुने तालिका रहेको छ। जसमा टियु क्रिकेट मैदानमा बागमती प्रदेशले नेपाल पुलिसको सामना गर्ने छ भने मुलपानी क्रिकेट मैदानमा कोशी प्रदेशले मधेश प्रदेशको सामना गर्ने छ।

त्यस्तै भैरहवा क्रिकेट ग्राउण्डमा लुम्बिनी प्रदेशले गण्डकी प्रदेसको सामना गर्दै छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *