होफेनहेइममाथि बायर्न म्युनिखको ३-० को सहज जित

डिसी नेपाल
२८ पुष २०८० ९:३६
48
Shares

काठमाडौं। बायर्न म्युनिखले जर्मन बुण्डेसलिगा अन्तर्गतको खेलमा होफेनहेइमलाई पराजित गरेको छ। गएराति सम्पन्न खेलमा बायर्न म्युनिखले होफेनहेइममाथि ३-० को शानदार जित हासिल गरेको हो।

बायर्न म्युनिखको जितमा जमल मुसियालाले २ गोल गरेका थिए भने ह्यारी केनले एक गोल गरेका थिए। यो ह्यारी केनको यस सिजनमा २२औं गोल हो।

आधा सिजनमा २२ गोल गरेर केनले यसअघि रोबेर्ट लेवानडोस्कीले राखेको रेकर्डको बराबरी गरेका छन्। यस खेलमा होफेनहेइमका ग्रिस्चा प्रोमेलले खेलको ७४औं मिनेटमा रातो कार्ड पाएर मैदान छोडेका थिए।

यो जितपछि बायर्न म्युनिखको १६ खेलमा ४१ अंक रहेको छ र लिगमा दोस्रो स्थानमा रहेको छ। त्यस्तै होफेनहेइमको भने १७ खेलमा २४ अंक रहेको छ र लिगमा सातौं स्थानमा छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *