रियल म्याड्रिडले जित्यो स्पेनिस सुपर कोपाको उपाधि

डिसी नेपाल
१ माघ २०८० ७:४१
428
Shares

काठमाडौं। रियल म्याड्रिडले स्पेनिस सुपर कोपाको उपाधि जितेको छ। गएराति सम्पन्न एल क्लासिकोमा बार्सिलोनालाई ४-१ गोल अन्तरले पराजित गर्दै रियल म्याड्रिडले यस बर्षको सुपर कोपा जितेको हो।

रियल म्याड्रिडको जितमा भिनिसियस जुनियरले ह्याट्रिक गरेका थिए। उनले खेलको पहिलो हाफमा नै आफ्नो ह्याट्रिक पूरा गरेका थिए। त्यस्तै अर्को गोल रोड्रीगोले गरेका थिए। त्यस्तै बार्सिलोनाका लागि एक गोल रोबेर्ट लेवानडोस्कीले गरेका थिए।

यस खेलको खेलको ७१औं मिनेटमा बार्सिलोनाका रोनाल्ड अराउजोले रातो कार्ड पाएर मैदान छोडेपछि बार्सिलोना १० खेलाडीमा सीमित भएको थियो। योसँगै रियल म्याड्रिडले स्पेनिस सुपर कोपाको उपाधि १३ पटक जितेको छ। सुपर कोपा सबैभन्दा बढी पटक जित्ने टिम भने बार्सिलोना रहेको छ।

डिफेन्डिङ च्याम्पियन समेत रहेको बार्सिलोनाले यो उपाधि १४ पटक जितेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *