लेन्समाथि पिएसजीको सहज जित

डिसी नेपाल
१ माघ २०८० ८:५८
52
Shares

काठमाडौं। फ्रेन्च लिग वान अन्तर्गत पिएसजीले लेन्सलाई पराजित गरेको छ। गएराति सम्पन्न खेलमा पिएसजीले लेन्समाथि २-० को जित हासिल गरेको हो।

पिएसजीको जितमा ब्राडली बार्कोला र किलीयन एम्बाप्पेले एक एक गोल गरेका हुन्।

यस खेलमा खेलको पहिलो हाफमा लेन्सका जोनाथन ग्राडिटले रातो कार्ड पाएपछि लेन्स १० खेलाडीमा सीमित भएको थियो।

यो जितपछि पिएसजीको १८ खेलमा ४३ अंक भएको छ र लिगमा शिर्ष स्थानमा कायम रहेको छ। पिएसजी दोस्रो स्थानमा रहेको निश भन्दा स्पष्ट ८ अंकले अगाडि भएको छ। त्यस्तै लेन्सको भने १८ खेलमा २६ अंक रहेको छ र लिगमा आठौँ स्थानमा छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *