गाम्बियामाथि सेनेगलको ३-० को शानदार जित
काठमाडौं। अफ्रिकन कप अन्तर्गत सेनेगलले विजयी शुरुवात गरेको छ। सोमबार राती सम्पन्न समूह सी अन्तर्गतको खेलमा सेनेगलले गाम्बियालाई ३-० गोल अन्तरले पराजित गर्दै प्रतियोगितामा उत्कृष्ट शुरुवात गरेको हो।
सेनेगलको जितमा लामिने कामाराले २ गोल गरेका थिए भने पापे गुएयेले एक गोल गरेका थिए। यस खेलमा खेलको पहिलो हाफको अन्त्यमा गाम्बियाका एबोउ एडम्सले रातो कार्ड पाएपछि गाम्बिया १० खेलाडीमा सिमित भएको थियो।
अब सेनेगलले अर्को खेल आगामी शुक्रबार क्यामरुनसँग खेल्ने छ भने गाम्बियाले शनिबार गुएनासँग खेल्ने छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment