भारतीय नम्बर प्लेटको गाडी त्रिशुली नदीमा खस्यो
चितवन। चितवनको नारायणगढबाट मुग्लिङतर्फ आउँदै गरेको भारतीय नम्बर BR 09GC1430 नम्बर सबारी साधन इच्छाकामना गाउपालिकाको तीन नम्बर पुलबाट त्रिसुली नदिमा खसेको छ।
कुन कस्तो साधन हो, अहिलेसम्म खुल्न सकेको छैन। सो सवारी साधन त्रिसुली नदीभित्र रहेको इलाका प्रहरी कार्यालय मुङ्लिनले जनाएको छ। उक्त गाडी कहाँबाट कहाँ जाँदै थियो, कस्तो प्रकारको गाडी हो भन्ने केही खुलेको छैन।
अहिले सशस्त्र प्रहरी कुरिङघाटबाट र नेपाल प्रहरीले घटनास्थलमा उद्धार गरिरहेको छ। दुर्घटनाबारे विस्तृत विवरण आउन बाँकी छ।

No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment