क्लबका पूर्व खेलाडी रोजी बने रोमाका नयाँ प्रशिक्षक

डिसी नेपाल
३ माघ २०८० ७:५७
212
Shares

काठमाडौं। इटालियन क्लब एएस रोमाले आफ्ना पूर्व खेलाडी डानिएल डी रोजीलाई नयाँ प्रशिक्षक बनाएको छ। मंगलबार नै प्रशिक्षक जोसे मोरिन्होलाई बर्खास्त गरेको रोमाले ४० बर्षीय पूर्ब मिड फिल्डर रोजीलाई यस सिजनको अन्त्यसम्मका लागि प्रशिक्षक बनाएको हो।

इटालीको राष्ट्रिय टिममा ११७ खेल खेल्दै २१ गोल गरेका रोजीले आफ्नो प्रोफेसनल क्यारियरभर रोमाबाट खेलेका थिए। रोमाका लागि कुल १८ सिजन खेलेका रोजीले कुल ६१६ खेलमा ६३ गोल समेत गरेका छन्।

उनले अब रोमाका लागि प्रशिक्षकको डेभ्यु गर्ने भएका छन् । रोमा हाल इटालियन सिरी ए मा नवौं स्थानमा रहेको छ। रोमाले अब अर्को खेल आगामी शनिबार भेरोनासँग खेल्ने छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *