सदगुरू अब हलिउड फिल्ममा, जोनिफर लोपेजको फिल्ममा देखिँदै
मुम्बई। तपाईंले सद्गुरु जग्गी वासुदेवलाई धेरै बलिउड स्टारहरूसँग अन्तर्वार्ता लिइरहेको देख्नु भएको होला।
तर, अब जग्गी वासुदेव हलिउड सुपरस्टार जेनिफर लोपेजको फिल्म ‘दिस इज मी नाउः अ लभ स्टोरी’ मा देखिने भएका छन्। जेनिफर लोपेजले आफ्नो फिल्मको ट्रेलर सार्वजनिक गर्दा कलाकारको नाममा सदगुरूको नाम पनि समावेश गरेकी छिन्।
यो फिल्मको ट्रेलरपछि सद्गुरु जग्गी वासुदेवको नाम पनि स्टार कास्टमा रहेको देखिन्छ। यो फिल्म १६ फेब्रुअरीमा प्राइम भिडियोमा रिलिज हुँदैछ। जेनिफर लोपेजले आफ्नो इन्स्टाग्राममा यस फिल्मको ट्रेलर पोस्ट गर्दै भावुक नोट लेखेकी छिन्।
जसमा जेनिफर लोपेजले लेखेकी छिन्, ‘मैले यसअघि कहिल्यै यति नर्भस, उत्साहित र डराएको महसुस गरेको थिइनँ। यो फिल्मको एउटा अद्भुत र यादगार यात्रा रह्यो। मेरो फिल्म दिस इज मी नाउ १६ फेब्रुअरीमा प्राइम भिडियोमा रिलिज हुँदैछ। यो परियोजना अहिलेसम्मकै सबैभन्दा व्यक्तिगत हो। यसको ट्रेलर हेर्नुहोस् र मजा लिनुहोस्।’
निफर लोपेजको यो फिल्मको कास्टमा हलिउड स्टारहरुको नाम देखिएको थियो। यससँगै भारतीय फ्यानका लागि पनि यसमा एउटा आश्चर्य लुकेको छ। यस फिल्मको स्टार कास्टमा सद्गुरु जग्गी वासुदेवको नाम पनि देख्न सकिन्छ । यसले यो फिल्ममा जग्गी वासुदेव पनि देखिने पक्का भएको छ।
यससँगै फिल्मको स्टार कास्टमा ‘बेन एफ्लेक’, ‘ट्रेभर नोआ’, ‘सोफिया भर्गारा’, ‘केके पाल्मर’, ‘निल डे ग्रेस टायसन’, ‘नील डी ग्रास टायसन र ‘पोस्ट मेलोन’ रहेको देख्न सकिन्छ।
चलचित्रको ट्रेलर सार्वजनिक भए पनि त्यसमा सद्गुरु भने देखिँदैनन्। यस्तो अवस्थामा भारतीय फ्यानका लागि फिल्ममा केही महत्वपूर्ण सरप्राइज हुने विश्वास गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment