नेपाली कांग्रेसले आज स्थापना दिवस मनाउँदै

डिसी नेपाल
१२ माघ २०८० ७:३१
32
Shares

काठमाडौं । नेपाली कांग्रेसले देशैभर विभिन्न कार्यक्रम गरी पार्टीको ७८औँ स्थापना दिवस मनाउँदै छ ।

पार्टी स्थापना दिवसको अवसरमा नेपाली कांग्रेसले आज (शुक्रबार) दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा पार्टी स्थापना दिवसको अवसरमा ‘श्रद्धा, संकल्प र सम्मान कार्यक्रम राखेको छ। कार्यक्रमलाई पार्टी सभापति शेरबहादुर देउवा लगायतका नेताहरूले सम्बोधन गर्ने कार्यक्रम छ ।

यसपटक नेपाली कांग्रेसले स्थापना दिवस सातै प्रदेशमा कार्यक्रम गरेर मनाउँदै छ । पार्टी स्थापनाको दिन माघ १२ मा सबै प्रदेशमा कार्यक्रम गरिने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन्।

नेपाली राष्ट्रिय कांग्रेसको पहिलो अधिवेशनको मिति २००३ माघ १२ लाई कांग्रेसले स्थापना दिवसका रूपमा मनाउँदै आएको छ। यस्तै, पार्टी स्थापना दिवसको अवसरमा कांग्रेसले आज देशभरमा ६ हजार ७४३ वटा कार्यक्रम गर्दै छ। हरेक नेता, कार्यकर्ता र शुभचिन्तक आफ्नो वडाको कार्यक्रममा अनिवार्य सहभागी हुनुपर्ने निर्णय गरेको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *