राष्ट्रियसभा निर्वाचन : माओवादी सबैभन्दा ठूलो दल, एमाले तेस्रोमा सीमित

डिसी नेपाल
१२ माघ २०८० ८:४९
148
Shares

काठमाडौं। आगामी फागुन २१ पछि राष्ट्रियसभामा दलीय हैसियत फेरिने भएको छ। राष्ट्रिय सभाको हिजो भएको निर्वाचन परिणामले माथिल्लो सदनको दलीय संरचनामा परिवर्तन भएको हो।

निर्वाचन परिणाम अनुसार नेकपा एमालेलाई पछि पार्दै नेकपा माओवादी केन्द्र सबैभन्दा ठूलो दल बन्दा नेपाली कांग्रेस दोस्रो ठूलो दल बनेको छ। १९ पदका लागि भएको निर्वाचनमा सत्तारूढ गठबन्धनका १८ र एमालेका एक जना उम्मेदवार विजयी भएका छन्।

परिणाम अनुसार माओवादी केन्द्रका छ जनामध्ये पाँच जना उम्मेदवार निर्वाचित भएसँगै सो दलको कुल सदस्य संख्या यसअघि एमालेको सदस्य संख्या जति नै १७ पुगेको छ।

यसअघि तेस्रो ठूलो दल रहेको नेपाली कांग्रेस १६ सदस्य संख्यासहित दोस्रो ठूलो दल बनेको हो। कांग्रेसका चार र माओवादीका तीन जना राष्ट्रिय सभा सदस्यको पदावधि फागुन २० गते सकिँदै छ।

नेकपा एमालेका एक उम्मेदवार निर्वाचित भएपनि सो दलको राष्ट्रिय सभामा सदस्य १० जनामा सीमित हुन पुगेको छ। उसको आठ जना सदस्यको पदावधि सकिन लागेकोमा एक जना मात्रै निर्वाचित भए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *