अफगानिस्तानले नेपाललाई दियो १४६ रनको लक्ष्य
काठमाडौं । आइसिसी यु–१९ विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपाललाई अफगानिस्तानले १४६ रनको लक्ष्य दिएको छ ।
दक्षिण अफ्रिकाको इष्ट लन्डनस्थित बफेलो पार्कमा टस जितेर पहिला ब्याटिङ गरेको अफगानिस्तानले ४०.१ ओभरमा सबै विकेट गुमाएर १४५ रनको योगफल बनाएको छ । अफगानिस्तानका लागि मोहम्मद अल्लाह घजान्फरले सर्वाधिक ३७ रन बनाए । यस्तै कप्तान नसिर खानले ३१ तथा फरिदुन दाउदजाईले २९ रन बनाए ।
नेपालका लागि आकाश चन्द एक्लैले पाँच विकेट लिए । यस्तै दिपेश कँडेलले २ तथा गुलशन झा, सुवास भण्डारी र तिलक भण्डारीले समान १/१ विकेट लिए ।
यस खेलको विजेता टोली प्रतियोगिताको सुपर सिक्सम पुग्नेछन् । त्यस्तै पराजित हुने टोली १३औँ स्थानका लागि प्रतिस्पर्धा गर्नेछन् ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment