बार्सिलोना छोड्दै प्रशिक्षक जाभी

डिसी नेपाल
१४ माघ २०८० ११:३१
124
Shares

काठमाडौं। जाभी हर्नानडेजले बार्सिलोनाको प्रशिक्षक छोड्ने घोषणा गरेका छन्। बार्सिलोनाले लगातार हार बेहोरेपछि जाभीले सिजनको अन्त्यपछि क्लब छोड्ने घोषणा गरेका हुन्।

बार्सिलोना केहि दिनअघि स्पेनिस सुपर कोपाको फाइनलमा रियल म्याड्रिडसँग तथा यस सिजनको कोपा डेल रेबाट बाहिरिएको छ भने गएराति सम्पन्न ला लिगाको खेलमा भिल्लारियलसँग पराजित भएको थियो।

यो हारसँगै बार्सिलोना लिगमा शिर्ष स्थानमा रहेको रियल म्याड्रिडभन्दा १० अंकले पछाडि रहेको छ। जाभीले हारसँगै क्लब छोड्ने घोषणा गरेका हुन्। जाभीले क्लबमा परिवर्तन आवश्यक रहेको बताउँदै आफूले ३० जुनपछि क्लब छोड्ने बताएका छन्। उनले आफु बार्सिलोनाको फ्यान भएको र क्लबको हितमा निर्णय लिएको बताएका छन्।

जाभी २०२१ को नोभेम्बरदेखि बार्सिलोनाको प्रशिक्षक रहेका छन्। उनले बार्सिलोना प्रशिक्षक रहदा २०२२-२३को ला लिगा सिजन जितेका थिए भने २०२२-२३ को सुपर कोपाको उपाधि जितेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.