चलचित्र ‘नमेटिने घाउ’मा एमाले अध्यक्ष ओलीले अभिनय गर्दै
काठमाडौं। एसिड आक्रमणबाट पीडित भएकाहरुको कथालाई समेटेर ‘नमेटिने घाउ’ चलचित्र निर्माण हुन लागेको छ । उक्त चलचित्रमा नेकपा (एमाले)का अध्यक्ष केपी शर्माओलीले अभिनय गर्न लागेका छन्।
आइतबार काठमाडौंमा नेपाली चलचित्र ‘नमेटिने घाउ’को घोषणा कार्यक्रममा ओलीले एसिड आक्रमणलाई रोक्न प्रभावकारी कानून बनाउनुपर्नेमा जोड दिएका छन्।
उनले भविष्यमा यस्ता घटना दोहरिन नदिन प्रभावकारी कानून बनाउनुपर्नेमा जोड दिए। एसिड आक्रमणको समस्याको समाधान दण्डबाटमात्रै समाधान नहुने भन्दै उनले मानविय चेतनामार्फत पनि समाधान खोजिनुपर्ने जिकिर गरे।
भरपर्दो कानून निर्माण, अपराधीलाई सजाय र त्यसबाट शिक्षा समेत दिनसक्नुपर्ने उनको भनाइ छ । ओलीले अपराधीलाई मृत्युदण्ड नै दिनुपर्छ भन्ने पक्षमा आफु नरहेको भन्दै अन्य प्रभावकारी सजायहरु निर्धारण हुनुपर्ने धारणा राखे।
No ads found for this position

डिसी नेपाल
Facebook Comment