आज चारवटा संसदीय समितिको बैठक बस्दै
काठमाडौं । आज चारवटा संसदीय समितिको बैठक बस्दै छ । कानुन, न्याय तथा संसदीय मामिला समितिको बैठक बिहान ८ बजेका लागि बोलाइएको छ। बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको सम्बन्धमा सरोकारवाला, संघ, संस्थालगायतसँग छलफल हुनेछ ।
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बिहान ११ बजे बस्दै छ। नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको सम्बन्धमा सरोकारवाला संघसंस्थासँग छलफल हुने बताइएको छ । यस्तै बिहान ११ बजे नै कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बस्ने भएको छ। खाद्य स्वच्छता तथा गुणस्तर विधेयक छलफल हुने बताइएको छ।
दिउँसो साढे १ बजे राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठक बस्नेछ । बैठकमा नेपालमा जनसंख्याको हालको अवस्थाअनुसार जनसंख्या नीतिमा गर्नुपर्ने पुनरावलोकन र सरकारको तयारी सम्बन्धमा छलफल हुने संसद् सचिवालयले जनाएको छ ।







डिसी नेपाल








Facebook Comment