डिआर कंगो र गिनी अफ्रिकन कपको क्वाटरफाइनलमा
काठमाडौँ। डिआर कंगो र गिनी अफ्रिकन कप अफ नेसन्सको क्वाटरफाइनलमा पुगेका छन् ।
गएराती सम्पन्न खेलमा डिआर कंगोले पेनाल्टी सुटआउटमा इजिप्टलाई ८(७ गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको हो ।
यसअघि निर्धारित ९० मिनेटको खेलमा १–१ गोलको बराबरी भएपछि खेल ३० मिनेटको अतिरिक्त समय खेलाइएको थियो । सो समयमा कुनै गोल नभएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट भएको थियो ।
पेनाल्टी सुटआउटमा डिआर कंगोले ८-७ ले खेल जितेर क्वाटरफाइनलमा पुगेको हो । त्यस्तै गएराती नै सम्पन्न अर्को खेलमा गिनीले इक्वेटोरियल गिनीलाई १-० गोल अन्तरले पराजित गर्दै क्वाटरफाइनलमा पुगेको हो ।
अब क्वाटरफाइनलमा गिनीको सामना डिआर कंगोसँग हुने भएको छ ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment