अल हिलालसँग इन्टर मियामी पराजित

डिसी नेपाल
१६ माघ २०८० ७:५४
1.0k
Shares

काठमाडौं। क्लब मैत्रीपूर्ण खेलमा साउदी क्लब अल हिलालले इन्टर मियामीलाई पराजित गरेको छ।

गएराती सम्पन्न खेलमा अल हिलालले इन्टर मियामीलाई ४-३ गोल अन्तरले पराजित गरेको हो।

अल हिलालको जितमा अलेक्सान्डर मिट्रोभिक, अब्दुल्लाह अल हामदान, माइकल र माल्कमले एक एक गोल गरेका थिए।

त्यसैगरी इन्टर मियामीका लागि लुइस स्वरेज, लियोनेल मेसी र डेभिड रुइजले एक एक गोल गरेका थिए।

हाल साउदी भ्रमणमा रहेको इन्टर मियामीले अब फेब्रुअरी १ मा क्रिस्टियानो रोनाल्डोको क्लब अल नासरसँग खेल्ने तालिका रहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.