फिल्म ‘युओजी (युनिभर्सिटी अफ गुण्डाज) निर्माणको घोषणा

डिसी नेपाल
१६ माघ २०८० १०:३२
240
Shares

काठमाडौं। अभिनेता सलिनमान बनियाँले फिल्म ‘यात्राः अ म्युजिकल भ्लग’ रिलिजको करिब ५ वर्षपछि ठूलो पर्दामा कमब्याक गर्ने भएका छन्। मंगलबार सलिनको मुख्य भुमिका रहने फिल्म ‘युओजी (युनिभर्सिटी अफ गुण्डाज)’निर्माणको घोषणा गरिएको छ।

फिल्मको सार्वजनिक थिम पोस्टरमा अभिनेता सलिन र सलोन बसनेतलाई एक्सन मुडमा देख्न सकिन्छ। पोस्टरमा पृष्ठभूमिमा गाडीमा आगो लाग्नुका साथै कलेज गेट र भवन देखाइएको छ। सार्वजनिक पोस्टरले फिल्ममा विश्वविद्यालयमा हुने गुण्डाराजलाई उठाएको बुझ्न सकिन्छ।

फिल्मको मुख्य भुमिकामा अभिनेता सलोन बस्नेत पनि अनुबन्धित भैसकेका छन्। यो फिल्म सलोनको होम प्रोडक्सन सलोन सलिना फिल्मस् प्रालीको ब्यानरमा निर्माण हुनेछ। सलोन र सलिनमानले ए मेरो हजुर २’ र ‘यात्रा’ पछि तेस्रो पटक एकसाथ स्क्रिन सेयर गर्न लागेका हुन्।

फिल्म आगामी बैशाख वा जेष्ठबाट फ्लोरमा जानेछ। फिल्मको बजेट ४ करोड रहेको निर्माण टिमले जानकारी दिएको छ। फिल्मको निर्देशक, प्राविधिक लगायतको जानकारी विस्तारै सार्वजनिक गर्दै जाने तयारी निर्माण टिमको छ।

पूर्ण रुपमा एक्सन जनरामा निर्माण हुने फिल्मका लागि यतिबेला सलिन र सलोन ज्यान बनाउन वर्कआउट गरिरहेका छन्। फिल्मको निर्माण टिमले अझै दुई अभिनेता र दुई अभिनेत्री छनोटको चरणमा छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *