कोशी प्रदेशले ल्याएको अध्यादेशको नेता कोइरालाद्वारा विरोध
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कोशी प्रदेश सरकारले नेताहरुको सेवा सुविधा थप्ने गरी ल्याएको अध्यादेशको विरोध गरेका छन् ।
मंगलबार विराटनगर महानगरपालिका वडा नं. ७ मा समुदायमा कांग्रेस अभियानको शुरुवात गर्दै कोइरालाले मुलुकको आर्थिक अवस्था जर्जर भईरहेको बेला नेताहरुलाई सेवा सुविधा थप्ने भन्दा पनि घटाउनुपर्ने बताए । नेता कोइरालाले मुलुकको अर्थतन्त्र चरम संकटमा परेका कारण कतिपय उधोगधन्दा कलकारखाना तथा संस्थाहरु वन्द हुने अवस्थामा पुगेको बेला सांसदहरुलाई सेवासुविधा थप गर्ने कुराले पिडाबोध गराएको बताए । उनले मुलुकको आर्थिक अवस्था बारे सबै राजनैतिक दलहरु संवेदनशिल बन्नुपर्ने बताउदै मुलुकमा आर्थिक संकटका साथै आर्थिक अपराध पनि बढ्दै गएको धारणा राखे ।
उनले मुलुकको प्रधानमन्त्रीबाटै ३ हजार शहिद थप्ने कार्यले शहिदहरुको अवमुल्यन हुने जिकिर गरे । कार्यक्रममा सहभागिहरुले नेपाली कांग्रेसले आफ्नो सिद्धान्तलाई व्यवहारमा परिणत गर्न नसकेको गुनासो गरेका थिए । उनीहरुले स्थानीय समस्याहरु समाधान गर्न अनुरोध गर्दै कांग्रेसलाई आफ्नो कमीकमजोरी सच्याएर हिड्न आग्रह समेत गरेका थिए ।







डिसी नेपाल








Facebook Comment