बोनी कपुर र भुटानी ग्रुपले उत्तर प्रदेशमा फिल्म सिटी निर्माण गर्ने

डिसी नेपाल
१७ माघ २०८० १०:२२
88
Shares

नोयडा। अन्ततः निर्माता–निर्देशक बोनी कपुर र भुटानी समूहले संयुक्त रुपमा उत्तर प्रदेशको गौतम बुद्ध नगर जेवरमा फिल्म सिटी निर्माण गर्ने भएका छन् ।

सो परियोजनाको लागि मंगलबार वित्तीय बोलपत्र खोलिएको थियो, जसमा बोनी कपुर र भुटानी समूहको संयुक्त लगानी बेभ्यू प्रोजेक्ट्स एलएलपीले सबैभन्दा बढी बोली लगाएर परियोजना जितेको हो। यस प्रोजेक्टको दौडमा अभिनेता अक्षय कुमार पनि थिए । वित्तीय बोलपत्रमा कम्पनीहरूले कूल राजस्व सेयर प्रतिशतको आधारमा बोलपत्र गर्छन्।

१८ प्रतिशतको सफल बोली बेभ्यू प्रोजेक्ट्स एलएलपी द्वारा गरिएको थियो। यिडाका प्रमुख कार्यकारी अधिकृत अरुणवीर सिंहका अनुसार राजस्व बाँडफाँडको अर्थ कम्पनीले फिल्म सिटी निर्माण गरेपछि जति आम्दानी गर्छ, त्यसको १८ प्रतिशत प्राधिकरणलाई दिनु पर्नेछ । जग्गा उपलब्ध गराउनु सँगै अन्य पूर्वाधार पनि प्राधिकरणले उपलब्ध गराउने छ । निर्माण र अन्य सुविधा भने कम्पनीले विकास गर्नु पर्नेछ ।

यमुना एक्सप्रेसवे इन्डस्ट्रियल डेभलपमेन्ट अथोरिटीको इन्टरनेशनल फिल्म सिटी आयोजनाका लागि बोलपत्र दिने चार कम्पनीका प्रतिनिधिले प्रस्तुति दिएका थिए । सबै प्राविधिक रूपमा योग्य भेटिए र वित्तीय बोलपत्रको लागि पठाइयो। बेभ्यु प्रोजेक्ट्स एलएलपीका तर्फबाट बोनी कपूर, आशिष भुटानी, सीईओ भुटानी इन्फ्रा, अश्विनी चाटलेन र अली च्याटलेन, राजीव अरोरा, अरविन्द कुमार बिन्नीले प्रस्तुति दिएका थिए।

यसबाहेक ४ लायन्स फिल्म्स प्रालि केसी बोकाडियाको तर्फबाट सुपरसोनिक टेक्नोबिल्ड प्रालि चलचित्र अभिनेता अक्षय कुमारको तर्फबाट दिनेश विजन म्याडक फिल्म्स र सुपर क्यासेट इन्डस्ट्रिज प्रालिद्वारा प्रस्तुत गरिएको थियो ।

अब एक हजार एकड जग्गामा फिल्म सिटी बनाइने पक्का भएको छ, उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले ६ महिनाभित्र यो परियोजनालाई निर्माण सुरु गर्न निर्देशन दिएका छन् । यमुना सिटीको सेक्टर–२१ मा सो फिल्म सिटी निर्माणको प्रस्ताव छ । एक हजार एकडमा फैलिने सो फिल्म सिटी पहिलो चरणमा २३० एकड जग्गामा निर्माण हुनेछ ।

यमुना विकास प्राधिकरणका अधिकारीका अनुसार पहिलो चरणमा फिल्म सिटी निर्माण गर्ने कम्पनीलाई दोस्रो चरणमा पनि प्राथमिकता दिइनेछ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *