आज चार संसदीय समितिका बैठक बस्दै

डिसी नेपाल
१८ माघ २०८० ९:००
36
Shares

काठमाडौं। आज संघीय संसदका विभिन्न चार समितिका बैठक बस्दै छ। शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बिहान साढे ११ बजे बस्ने तय भएको छ। बैठकमा ​सुरक्षण मुद्रण विधेयकको सम्बन्धमा छलफल हुनेछ।

राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिमा विधायन सम्बन्धी विधेयक, २०८० मा दफावार छलफल हुनेछ। बैठक बिहान साढे ११ बजे नै बस्नेगरी बोलाइएको छ ।

दिउँसो १ बजे बस्ने राष्ट्रिय सभाकै राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठक डाकिएको छ। सोह्रौँ योजना तर्जुमा भइरहेको सन्दर्भमा योजनामा लैङ्गिक तथा दिगो विकास लक्ष्य मैत्री दृष्टिकोण बमोजिम निर्माण गर्न समावेश गर्नुपर्ने सुझाव लिनेगरी बैठक बोलाएको संसद सचिवालयले जनाएको छ।

यस्तै प्रतिनिधिसभा अन्तर्गत राज्यव्यवस्था तथा सुशासन समितिको बैठक दिउँसो ३ बजे बोलाइएको छ। बैठकमा अनुगमन तथा मूल्यांकन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि छलफल गर्ने कार्यसूची छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *