राजधानीमा भ्रष्टाचारविरुद्ध आजपाको खबरदारी ऱ्याली

डिसी नेपाल
२० माघ २०८० १५:२३
60
Shares

काठमाडौं। प्रभु साह नेतृत्वको आम जनता पार्टी(आजपा)ले भ्रष्टाचारविरुद्ध बिशाल मोटरसाईकल ऱ्याली निकालेको छ। सो पार्टीको उपत्यका संयोजन समितिले आज काठमाडौंमा भ्रष्टाचारविरुद्ध विशाल मोटरसाईकल ऱ्याली निकालेको हो।

“भ्रष्टाचारीलाई कारबाही गर, जनता लुट्न पाईँदैन, लुटकारी व्यवस्था चाहिँदैन” भन्ने नारा सहित निकालिएको उक्त ऱ्याली थापाथलीबाट त्रिपुरेश्वर हुँदै रत्नपार्कमा पुगेर समापन भएको थियो।

भ्रष्टाचारले आम जनता आजित भएको र देश बर्वाद भईरहेको सन्दर्भमा युवाहरुले भ्रष्टाचार बिरुद्ध काठमाडौंमा देखाएको साहसिक प्रदर्शन असाध्यै सराहनीय कार्य भएको अध्यक्ष  साहले जनाएका छन्।

‘यसले आम जनसमुदायमा भ्रष्टाचार विरुद्ध लड्ने आत्मविश्वास जागृत गर्ने र भ्रष्टाचारीलाई करवायीको लागि राज्यमाथी जनदवाव पुगने बिश्वास सहित यस महान कार्यमा सहयोग गर्ने र सहभागी हुने सम्पूर्णमा बिशेष धन्यवाद ज्ञापन गर्दछु ।’,उनले भने।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *