भैँसी चोरको साथबाट कटुवा पेस्तोल बरामद
सुनसरी । सुनसरीमा भैँसी चोरको साथबाट प्रहरीले कटुवा पेस्तोल र त्यसमा लाग्ने गोली बरामद गरेको छ। हरिनगरा गाउँपालिका–१ हर्षाही बस्ने ४० वर्षीय किसान यादवलाई प्रहरीले कटुवा पेस्तोल एक थान र सोही पेस्तोलमा लाग्ने गोलीको खोका एक थानसहित पक्राउ गरेको छ।
भोक्राहा नर्सिङ गाउँपालिका–४ लबटोलिया बस्ने जुगेश्वर यादवको २ वटा भैँसी चोरी गरी भएको भन्ने सूचना प्राप्त हुनासाथ प्रहरी चौकी चिरौलीबाट खटिएको प्रहरीले चोरीमा संलग्न यादवलाई उक्त हतियारसहित फेला पारी पक्राउ गरेको हो। प्रहरीले चोरीमा संलग्न हाल फरार अन्य व्यक्तिहरूको खोजी गरिरहेको जनाएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment