एमाले संसदीय दलको बैठक आज पनि बस्दै
काठमाडौं। नेकपा (एमाले) को संसदीय दलको बैठक आज पनि बस्दैछ। एमाले प्रमुख सचेतक पदम गिरीका अनुसार शनिबारदेखि सुरु भएको बैठकमा आज प्रतिपक्षको हैसियतले संसद्मा कसरी प्रभावकारी भूमिका निर्वाह गर्ने भन्नेविषयमा छलफल हुनेछ।
यसअघि शनिबार बसेको बैठकमा अध्यक्ष केपी ओलीले सांसदहरूले संसद्मा खेल्नुपर्ने भूमिकाका बारेमा प्रशिक्षण दिएका थिए। बैठक आज समापन हुनेछ ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment