गीत ‘मुटु त ढुक ढुक कलेजो भ्याट भ्याट’ को भिडियो सार्वजनिक

डिसी नेपाल
२२ माघ २०८० १३:२६
124
Shares

काठमाडौं। गायक तथा संगीतकार नन्दु गुरुङको स्वरमा रहेको गीत ‘मुटु त ढुक ढुक कलेजो भ्याट भ्याट’ को भिडियो सार्वजनिक भएको छ। गीतमा कुमार गुरुङको शब्द, सिद्धान्त खड्काको एरेन्ज र राजीव शाहको मिक्सिङ तथा मास्टरिङ छ।

भिडियोमा सरोज प्रजा र बिना राउतसँगै विवेक, प्रितम, दावा र रुपक फिचर्ड छन्। बिनालाई देखेपछि दृष्टिविहिन बनेको नाटक गरेका सरोजको कर्तुत थाहा पाएपछि रिसाएकी बिनालाई सरोजले फकाउन गरेको प्रयासलाई भिडियोमा देखाइएको छ।

आइ क्याच स्टुडियोमा पोस्ट प्रोडक्सन गरिएको भिडियोमा विशाल थापाको छायांकन, दिन्सन शाहको सम्पादन र कलर तथा रोशन विश्वकर्माको कन्सेप्ट, कोरियोग्राफी र निर्देशन छ । भिडियो सरोज प्रजाकै अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *