३७ रुपैयाँ लिएर मुम्बई पुगेका अनुपम खेरले पुरा गरे ५४० फिल्म

डिसी नेपाल
२५ माघ २०८० १०:०६
328
Shares

मुम्बई। बलिउडमा करियर बनाउने र त्यसमा आफ्नो प्रभाव निरन्तर कायम राख्न सक्ने खुवी सबैको हातमा हुँदैन ।

फिल्म उद्योगमा यस्ता धेरै स्टार छन् जो वर्षौंदेखि बलिउडको हिस्सा बनेका छन् । यी स्टारहरूले आफ्नो करियरमा धेरै फिल्महरूमा काम गरेर आफ्नो सीप प्रमाणित गरेका छन्। यी मध्ये एक नाम दिग्गज अभिनेता अनुपम खेरको हो।

अनुपम खेरले सन् १९८४ मा रिलिज भएको फिल्म ‘सारांश’ बाट बलिउडमा डेब्यू गरेका थिए र अहिले सम्म चलचित्रमा सक्रिय छन् । अनुपम खेर उद्योगमा लागेको ४० वर्ष भयो ।

अभिनेता पछिल्लो पटक ‘द फ्रीलान्सर’ सिरिजमा देखिएका थिए र अहिले उनी आफ्नो आगामी फिल्म ‘कुछ खट्टा हो जाये’ को कारण चर्चामा छन् ।

यसैबीच, अभिनेताले आफ्नो विगत र अभिनय करियरको बारेमा कुरा गरेका छन । अनुपम खेरले ‘कुछ खट्टा हो जाये’ को ट्रेलर सार्वजनिक गर्ने क्रममा भनेका थिए, ‘मैले मेरो दरबार त्यही ढुङ्गाले बनाएको छु, जुन ढुङ्गाले मलाई फ्याक्थे।’

अनुपम खेर भन्छन्, ‘जबसम्म जिवनमा खट्टा स्वाद चाख्दैन तबसम्म साँचो खुशी बुझ्दैनौ । सडक ब्रेकर नभएको भए यो यात्रा हुने थिएन ।

आफ्नो फिल्मी करियरको बारेमा कुरा गर्दै अनुपमले अगाडी भने– ‘म धेरै भाग्यमानी छु, सन् १९८१ मा खल्तीमा ३७ रुपैयाँ लिएर यो सहर आएको हुँ र आज म मेरो ५४० औं फिल्मको कुरा गर्दैछु । म भगवानसँग के माग्न सक्छु रु त्यसैले म धेरै खुसी छु।’

अनुपम खेरको आगामी फिल्म ‘कुछ खट्टा हो जाये’ को ट्रेलर सार्वजनिक भएको छ र फिल्म १६ फेब्रुअरीमा रिलिजको तयारीमा छ । फिल्ममा अनुपम खेर कन्फेक्शनरको भूमिकामा देखिँदैछन् । यसका अलावा फिल्ममा गुरु रन्धावा र जसप्रीत देवरा मुख्य भूमिकामा देखिनेछन् ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *