आयुषको ‘लैजाने छु तिमीलाई’मा मनिकला गुरुङ ( भिडियो )
काठमाडौं। गायक आयुष मगरको स्वर र शब्दमा रहेको ‘लैजाने छु तिमीलाई’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। उदय राज पौडेलले साउण्ड डिजाइन गरेको यस गीतको म्युजिक प्रोड्युसर सिद्धान्त राना हुन्।
म्युजिक भिडियो अमेरिकाको न्युयोर्क सहर वरिपरिको क्षेत्रमा सुटिङ गरिएको हो। म्युजिक भिडियोमा स्वयम् गायक मगर र मनिकला गुरुङ बिचको अन्स्क्रिन प्रेम र रोमान्स देख्न सकिन्छ। एनवाइसी नेपाली लाइफस्टाइल प्रडक्शनले छायाँकन गरेको यस भिडियोलाई बिजेश पौडेलले सम्पादन गरेका हुन्।
भ्यालेन्टाइन डे को अवसर पारेर कोसेलीका रुपमा यो प्रेम गीत सार्वजनिक गरिएको गायक मगरले बताएका छन्। भिडियो गायक मगरको युट्युव च्यानल ‘आयुष मगर’ मार्फत सार्वजनिक गरिएको हो। हाल अमेरिकामा बस्दै आएका गायक मगरको यसअघि ‘माया पनि बसेकै थियो’ बोलको म्युजिक भिडियो स्रोता दर्शक माझ लोकप्रिय छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment