महाधिवेशनका लागि वैशाख २२ गतेभित्र प्रतिनिधि चयन गर्ने नेकपा एसको निर्णय

डिसी नेपाल
२५ माघ २०८० २०:१४
20
Shares

काठमाडौं। नेकपा (एकीकृत समाजवादी)ले आगामी महाधिवेशनका लागि आगामी वैशाख २२ गतेभित्र प्रतिनिधि चयन गर्ने निर्णय गरेको छ।

पार्टी कार्यालय आलोकनगरमा बिहीबार बसेको सचिवालय बैठकले आगामी महाधिवेशनका निम्ति २०८१ वैशाख १५ देखि २२ गतेसम्म प्रतिनिधि चयन गर्ने निर्णय गरेको हो। त्यसका लागि आगामी चैत मसान्तसम्म पार्टी सदस्यता नविकरण, अध्यावधि, विस्तार गरिसक्ने निर्णय भएको समाजवादीले जनाएको छ।

बैठकले आगामी फागुन मसान्तसम्म दस्तावेज तयार गर्ने र आगामी महाधिवेशनमा कामका आधारमा (सदस्यता, नविकरण, संगठन विस्तार आदी) १० जिल्लालाई सम्मानित गर्ने निर्णय गरेको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए।

त्यस्तै माघ २५ देखि चैत २५ सम्म संगठन सुदृढिकरणको अभियान संचालन गर्ने समाजवादीले जनाएको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *