दरबार मार्गमा गुञ्जिँदै ‘धोकेबाज’ गायिका एलिना चौहान
काठमाडौँ। सुन्दरी गायिका एलिना चौहान दरबार मार्गमा गुञ्जिने भएकी छिन्।
भ्यालेन्टाइन डेको अवसर पारेर एलिना यही माघ २८ गतेका दिन दरबार मार्गको मन्नत प्यालेसमा गुग्जिने भएकी हुन्। कार्यक्रममा गायिका चौहानले धोकेबाज, कट्टा हान्दिन्छु, कुरा काट्ने मान्छेले काटुन, मिनिरल वाटर, इस्टाको फोटो लगायतका गीतहरु गाउनेछिन्।
गायिका एलिनासँगै गायक कर्म ग्याल्जेन र लाइभ व्याण्डको पनि प्रस्तुती रहनेछ।

प्रणय दिवसको पूर्व सन्ध्यामा सदा झै नयाँ उमंग नयाँ ठाउँ प्रणय दिवसमा जाउँ भन्ने उदेश्यसहित मन्नत प्यालेसले भव्य रुपमा सांगीतिक साँझको आयोजना गरेको हो । कार्यक्रम माघ २८ गते साँझ ७ बजेदेखि राती साडे १ बजेसम्म संचालन हुने आयोजकले जनाएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment