‘लोकतन्त्र स्थापनाको आन्दोलनमा प्रदेशको भूमिका महत्वपूर्ण’

डिसी नेपाल
२६ माघ २०८० २२:०७
8
Shares

मोरङ। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले कोशी प्रदेशले  मुलुकमा लोकतन्त्र स्थापनाको आन्दोलनमा  महत्वपूर्ण भूमिका निर्वाह गरेको बताएकी छन्।

न्यू सृष्टि दैनिकको १३ औँ वार्षिकोत्सव एवं  सम्मान कार्यक्रमको आज यहाँ उद्घाटन गर्दै उनले प्रदेशका जनताले गरेको आन्दोलनका  कारणमा मुलुकमा गणतन्त्र र लोकतन्त्र स्थापना भएको बताइन्।

पूर्वराष्ट्रपति भण्डारीले मुलुकमा बसोवास गर्ने विविध जातजाति, भाषाभाषी एवं संस्कृति अवलम्वन गरेका समुदायका बीचमा आपसी सहिष्णुता र एकताको भावना अभिवृद्धि गर्ने काममा सञ्चार माध्यमले योगदान गर्नुपर्ने बताइन्।

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले  प्रदेश पुनः नामकरण सङ्घर्ष समितिसँग आज भएको पाँच बुँदे सहमतिले प्रदेशमा आजदेखि बन्द हडताल सधैँका लागि बन्द गरेको बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *