आँधी तूफानमा परेर ६ जना पर्यटकको मृत्यु
ग्रीस । ग्रीसको उत्तरी भेगमा बुधबार साँझपख आएको आँधी तूफानमा परेर छ जना पर्यटकको मृत्यु भएको प्रहरीले जनाएको छ। थेसालोनिकी नगरको हाल्कीडीकी क्षेत्रमा आएको आँधीमा परेर अरु दर्जनौं व्यक्ति घाइते भएका थिए।
टेलिभिजन फुटेजमा आँधीका कारण कारहरु पल्टिएका, रुखहरु ढलेका र घरका छाना उडाएको देखिएको छ। प्रत्यक्षदर्शीले आँधी करिब २० मिनेटमात्र आएको बताएका छन् । मृत्यु हुनेहरुमा चे, रोमानिया र रुसी नागरिक रहेका छन्।
उनीहरुलाई ढलेका रुख र घरका छानाले थिचेको बताइएको छ । स्थानीय प्रशासनले उक्त घटनामा खोज तथा उद्धारको कार्यलाई तिब्र बनाएको छ। ग्रीसमा विगत दुई सातादेखि तापक्रम ३७ डिग्री सेल्सियससम्म पुगेको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment