तेल भिसाको अडिसन आह्वान
अमेरिका। बिपिन कार्की, गौरी मल्ल, ऋचा घिमिरे, बर्षा राउत, बुद्धि तामाङलगायतका लोकप्रिय कलाकारहरुलाई लिएर बनाउँन लागिएको चलचित्र तेल भिसाको लागि कलाकारहरुको अडिसन आह्वान गरिएको छ।
शंकर घिमिरेको निर्देशनमा चैतको दोस्रो हप्तादेखि अमेरिकाको मेरिल्याण्ड राज्य बाट छायाँकनमा जाने यस चलचित्रमा मुख्य कलाकारको लाइन अप सकिएता पनि अमेरिका तर्फको सिनका लागि विविध भूमिकामा अडिसन आह्वान गरिएको हो।
यो अडिसनमा विभिन्न उमेर समूहका अमेरिकन सहित अफ्रिकन पाकिस्तानी, मेक्सिकन, कोरियन, साउथ एसियन सहित फरक फरक वर्ण देखिने नेपाली सहित बिदेशी मूलका महिला पूरुष दुबैले अडिसनमा सहभागिता जनाउन सक्ने छन्।
अडिसनमा सहभागिता जनाउनका लागि अमेरिकामै बसोबास गरिरहेका ब्यक्ति हुनु पर्ने छ जसले कलाकारितासँगै अमेरिकाको रहन सहन, भाषा र भेषभूषाको समेत राम्रो ज्ञान हासिल गरेको हुनु पर्ने छ।
अडिसनमा सहभागिता जनाउन इच्छुक ब्यक्तिले फिल्म निर्माण कम्पनी वेल डन कृएशनको आधिकारिक इमेल ठेगाना [email protected] मा आफ्नो केही प्रती फोटो सहित बायोडाटा पठाउनु पर्ने हुन्छ।
नेपाली फिल्मको अन्र्तराष्ट्रिय वितरणमा लोकप्रियता कमाएको सेभेन सिज ईन्टरटेन्मेन्टसँग शंकर घिमिरेको वेल डन कृएशनले साँझेदारी गर्दै निर्माण गर्न लागेको तेल भिसाको ७० प्रतिशत छायाँकन अमेरिकाको मेरिल्याण्ड, भर्जिनिया, न्यूयोर्क, वासिङटन डिसी सहित विभिन्न लोकेशनमा हुनेछ भने बाँकी ३० प्रतिशत नेपालमा हुने छ ।
यो चलचित्र निर्माणका लागि नेपाल अमेरिका फिल्म सोसाइटी सहित विभिन्न नेपाली संघसंस्थाले सहजीकरण गर्दैछन् भने विभिन्न लोकेशन पर्मिटका लागि मेरिल्याण्ड स्टेटका डेलिगेट ह्यारी भण्डारी लगायतको टिमले अमेरिकी सराकारको तर्फबाट तेल भिसाको छायाँकनमा सहयोग गर्दैछन्।








डिसी नेपाल






Facebook Comment