लघु कथा: डनवाद
बरुटे बलमा निकै घमण्ड गर्थ्यो।उसको बलको कारण त्यो क्षेत्र निकै प्रताडित थियो।कहिले काहीं जात्रामात्रा गएर एउटा लाठोले, टाउका टाउकामा हानेर मानिस सोत्राम्मे पार्दै हिड्थ्यो। कहिले लुट्पाट मच्याउँदै हिँड्ने दिन चर्या उसको थियो। उसको गतिविधीले मानिसहरु सवै त्राही त्राही थिए।
बरुटेको बल देखेर त्यस क्षेत्रको एक जना नेता पनि प्रभावित भएछन्। “यस्ता मानिसलाई हातमा लिन सके चुनावको वेला निकै काम वन्नेवाला छ,” उनले मनमनै सोचे।”
संसद चुनावमा उसैलाई अघिपछि लगाएर ती नेताले चुनाव जिते।स्थानिय चुनावमा बरुटे आफैंले पालिका अध्यक्षको दावी गर्यो। ज्यादै काम लाग्ने मानिस सोचेर ती नेताले बरुटेलाई नै पालिका अध्यक्षको टिकट दिलाए। चुनावमा उसैले नै विजय प्राप्त गर्यो।
चुनावको परिणाम आएदेखि नै त्यस क्षेत्रको जनताको स्वर त निकै भासिएकै थियो। तर सवैजना भनिरहेका थिए!लोकतन्त्र जिन्दावाद!हाम्रा बरुट वीर हुन। अमर रहुन!
No ads found for this position




Facebook Comment