‘टुरिजम हिरो अवार्डस्’ आयोजना हुने
काठमाडौं। नेपालको पर्यटन प्रवर्द्धनमा योगदान पुर्याउने उद्देश्यले ‘टुरिजम हिरो अवार्डस्’ आयोजना हुने भएको छ।
ग्लोबल टुरिज्म प्रोमोसन काउन्सिलले नेपालमा पहिलो पटक विभिन्न ३१ विधामा उक्त अवार्ड प्रदान गर्न लागिएको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो। अवार्ड आगामी मार्च १९ तारिखमा काठमाडौंमा आयोजना हुदैँछ।
पर्यटन प्रवर्द्धनमा योगदान गर्ने व्यक्ति तथा संस्थालाई प्रोत्साहित गर्ने उद्देश्यले अवार्ड आयोजना गरिएको काउन्सिलका अध्यक्ष धमेन्द्र सापकोटाले बताए। होटलतर्फका १४ तथा पर्यटनका अन्य १७ विधा गरी कूल ३१ विधामा पाँच सयभन्दा बढीले प्रतिस्पर्धा गर्ने आयोजकको अनुमान छ। अवार्डको नोमिनेसन आजैदेखि खुल्ला गरिएको छ।
वेभसाइट टुरिजम हिरो डट ओराजीमा नोमिनेसन फाइल गर्न सकिनेछ। प्राप्त नोमिनेसनलाई भोटिङका लागि आह्वान गरिने र प्राप्त भोटलाई आधार मान्दै जुरीको अन्तिम निर्णयका आधारमा विजेता घोषणा गरी अवार्ड ट्रफी प्रदान गरिने आयोजकले जनाएको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment