एमाले केन्द्रीय कमिटी बैठक फागुन ८देखि १० सम्म बस्ने
काठमाडौं। नेकपा एमालेले केन्द्रीय कमिटी बैठक बोलाएको छ। बिहीबार पार्टी कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेको हो। फागुन ८, ९ र १० गते बैठक बस्ने निर्णय भएको महासचिव शंकर पोखरेलले जानकारी दिए।
सातौं केन्द्रीय कमिटीको बैठकले संगठन सुदृढीकरणसम्बन्धी कार्ययोजना तय गर्नेछ। यस्तै, एमाले प्रचार विभागमा तीन जना सदस्य थपिएका छन्। एमाले प्रचार विभागमा मणिराज बाँस्तोला, माधव नेपाल र इन्द्र आचार्य थपिएका हुन्।
उक्त विभागका प्रमुख स्थायी कमिटी सदस्य राजेन्द्र गौतम छन्। पहिला २१ जना रहेको विभागमा अब २४ सदस्य हुनेछन्।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment