हेमन्त बिन्दुको रोमान्टिक गीत ‘धर्तीमाथि जून’

डिसी नेपाल
४ फागुन २०८० ११:३६
20
Shares

काठमाडाैं। गायक हेमन्त शर्माको स्वरमा नयाँ गीत सार्वजनिक भएको छ। ‘धर्तीमाथि जून’बोलको सार्वजनिक गीतमा गायक शर्मासँग गायिका बिन्दु पौडेलले गायनमा साथ दिएकी छिन्।

र्साजनिक गीतमा दीपक शर्माको शब्द तथा संगीत रहेको छ। गीतमा संगीत संयोजन नरेन्द्र बियोगीले गरेका छन्।  गायक शर्माले ‘उता परेली झिम झिम’को सफलता पछि गायिका पौडेलसँगको सहकार्यमा नयाँ गीत सार्वजनिक गरेका हुन्।

गीतको म्यूजिक भिडियोमा बिरलै देखिने चलचित्रका नायक अनुप विक्रम शाहीले अभिनय गरेका छन्। शाहीसँग मोडल कबिता नेपाली पहिलो पटक सहकार्य गरेकी छिन्। अभिनेता शाहीले गीत मन परेर म्यूजिक भिडियोमा काम गरेका बताएका छन्।

गीतको मिक्सिङ तथा मास्टरिङ श्याम स्वेत रसाईलीले गरेका हुन्। नवराज उप्रेतीले छायांकन गरेको भिडियो सम्पादन अमृत चापागाईंले गरेका छन्। भिडियो निर्देशन मौसम हिमालीले गरेका हुन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *