चितवनका किसान सडकमा दुध पोखेर आन्दोलनमा

डिसी नेपाल
६ फागुन २०८० १५:०१
36
Shares

चितवन। सरकारले दुधको भुक्तानी नदिएको भन्दै चितवनका दुध किसानहरुले सडकमा नै दुध पोखेर आन्दोलनमा उत्रिएका छन्।

चितवन दुग्ध उत्पादक सहकारीहरुले दुधको बिक्री तथा भुक्तानीमा देखिएको बेतिथिको बिरोधमा आन्दोलनमा उत्रिएको चितवन दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष किशोर बगालेले बताए।

किसानहरुले सडकमा दुध पोखाउनुका साथै किसानको समश्याको समाधानको लागि प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापालाई ज्ञापन पत्र बुझाएका छन्। उक्त अबसरमा सरकारले आफुहरुको आन्दोलनलाई वेवास्ता गरिएको खण्डमा अझ ससक्त रुपमा आन्दोलन गरीने अध्यक्ष बगालले बताए।

किसानहरुले उत्पादन गरेको दुधको बिक्रीको ब्यबस्था र किसानहरु पाउनु पर्ने भुक्तनी पाउनु पर्ने २ वटा माग राखेर उनीहरु आन्दोलनमा उत्रिएका हुन्। चितवनका किसानहरुले साउन महिना देखिको करीब ५२ करोड भुक्तानी बाकी रहेको जनाएका छन्।

त्यस्तै ५ दिनदेखि दुध बिक्रि नभएको उनीहरुको भनाइ छ। चितवनवाट दैनिक १ लाख ५१ हजार लिटर दुध बिक्री हुदै आएको छ दुध बिक्री नभएर फाल्नु पर्ने अबस्था भए पछि नचाहदा नचाहदै पनि सडक दुध पोख्न बाध्य भएको किसानहरुले जनाएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *